IME Life

प्रुडेन्सियल इन्स्योरेन्सको खुद नाफा २० प्रतिशतले वृद्धि, प्रिमियम संकलन १ अर्वमाथि

SPIL
Sanima Reliance

इन्स्योरेन्स खवर/काठमाडौं:प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजानिक विवरण अनुसार कम्पनीले यो अवधिमा १२ करोड १६ रुपैयाँभन्दा बढि खुद नाफा आर्जन गरेको छ । जुन १९ दशमलव ८३ प्रतिशतले वृद्धि हो । गत आर्थिक वर्षको सोही अवधिमा १० करोड १५ लाख रुपैया भन्दा बढि खुद मुनाफा आर्जन गरेको थियो ।

६४ करोड १५ रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीले जगेडा तथा कोषमा १० करोड ७५ लाख, बीमा कोष अन्तर्गत ४१ करोड ८१ लाख रुपैयाँभन्दा बढि रकम राखेको छ ।

Crest
Meta Holidays

१ अर्व २ करोड २१ लाख रुपैयाँभन्दा बढि कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले पछिल्लो अवधिमा मात्रै ३६ करोड २२ लाख रुपैयाँभन्दा बढि बीमा शुल्क आर्जन देखिन्छ । हालसम्म १ लाख १ सय ३ बीमालेखको जारी गरेकोमध्ये कम्पनीले १७ हजार ६ सय ५७ मात्र नविकरण गरिएको विवरणमा उल्लेख छ ।
प्रतिसेयर आम्दानी २५ रुपैयाँ २८ पैसा रहेको यस कम्पनीको कुल दावी भुक्तानी रकम भने ५७ करोड ३१ लाख रुपैया छ । कुल दावी भुक्तानी संख्या ४ हजार ६ सय १७ रहेता पनि भुक्तान हुन बाँकी रकम भने ६९ करोड ६५ लाख रुपैयाँ भन्दा बढि देखिन्छ ।

प्रतिसेयर नेटवर्थ १ सय ८१ रुपैयाँ ९३ पैसा, पि.ई. अुनपात २६.८९ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मुल्य ३ सय ३६ रुपैयाँ ०४ पैसा रहेको छ ।
यस अवधिको वित्तीय स्थिति व्यवस्थापनले अनुमान गरे अनुरुप नै रहेको संस्थाको मौज्दात, आम्दानी तथा तरलता प्रशस्त मात्रामा रहेको छ । साथै आगामी दिनमा व्यवसायिक विविधिकरण, गुणस्तरीय सेवा प्रदान तथा ग्राहकमुखी नयाँ सेवा, सुविधा शुरु गरि संस्थालाई अझै सवल बनाउने कम्पनीले योजना तय गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x