IME Life

एशियन लाईफले तोक्यो बूक क्लोज मिति

SPIL
Sanima Reliance
GBIME

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौंः एशियन लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि जेठ १९ गते दशौं साधारणसभा डाकेको छ । उक्त साधारणसभा प्रयोजनका लागि जेठ ४ गतेदेखि जेठ १७ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने भएको हो ।

कम्पनीले केही समय अगाडि जारी गरेको ५० हकप्रद सेयरधनीले समेत प्राप्त गर्ने गरी ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २१ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको साधारणसभामा सहभागि हुन र लाभांश प्राप्त गर्नका लागि जेठ १ गतेसम्म सेयर खरिद गर्नुपर्ने हुन्छ ।

Crest

हाल १ अर्ब २० करोड ८३ लाख ८९ हजार ८६० रुपैयाँ चुक्तापूँजी रहेको एशियनले चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड ८३ लाख ३५ हजार ५ सय ९४ रुपैयाँ बराबरको बोनस सेयर दिन लागेको हो । बोनस वितरण पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २५ करोड ६७ लाख २५ हजार ४५४ रुपैयाँ पुग्नेछ ।

त्यसैगरी कम्पनीले बोनसपश्चात कायम पूँजीको ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने पस्ताव पनि सभामा पेश गर्ने भएको छ । कम्पनीले बिमा समिति को निर्देशन अनुसार चालु आर्थिक वर्षको अन्त्यसम्म चुक्तापूँजी बढाएर २ अर्ब रुपैयाँ पुर्याउन ६० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो , कम्पनीले केहि समय अगाडी पनि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निष्कासन प्रक्रिया अगाडि बढ्ने कम्पनीले जानकारी दिएको छ ।

यो पनि हेर्नुहोस्

एशियन लाइफको बोनस सेयर कसरि झर्यो ४ प्रतिशतमा, ६० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS