नेपाल इन्स्योरेन्सको बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

Citizen Life Insurance Co

काठमाडौं, वैशाख ६ । नेपाल इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख ७ गतेदेखि बूक क्लोज गर्ने भएको छ । यसर्थ वैशाख ६ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्न लागेको लाभांश प्राप्त गर्नेछन् ।

नेपाल इन्स्योरेन्सले वैशाख २१ ग्ते ६९ औं बार्षिक साधारणसभा बोलाएको छ । साधारणसभामा कम्पनीले ४ दशमलव ५२ प्रतिशत बोनस शेयर प्रतिशत प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै कम्पनीले उक्त साधारणसभामा ६५ प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव बिक्री गर्ने प्रस्ताव पनि लैजानृ भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीले बैशाख ५ गते देखि १ बराबर १ अनुपातमा हकप्रद शेयरको बिक्री खुला गरेकोे छ । कम्पनीले एक सय रुपैयाँ अंकित मूल्यका ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार