Connect IPS
IME Life

नेपालकै पहिलो ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ को शुक्रबारदेखि इकाइधनीले पैसा फिर्ता पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ फाल्गुन २३। सिद्धार्थ क्यापिटलले निष्कासन गरेको ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ योजनाको अवधि पूरा भएको छ। इकाइधनीहरुलाई सम्पुर्ण रकम फागुन २५ गतेदेखि फिर्ता गर्ने सिद्धार्थ क्यापिटलले जनाएको छ। क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुबकुमार तिमल्सेनाका अनुसार प्रति इकाई २१ रुपैयाँ ७७ पैसाका दरले इकाईधनीले रकम फिर्ता पाउने छन्।

सामुहिक लगानी कोष नियमावली २०६७ जारी भएपछि आएको पहिलो सामुहिक लगानी कोष अन्तर्गत ‘सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-१’ आएको थियो।

Prabhu
Crest

डिम्याट खातामा बैंक खाता अद्यावदिक गरेका इकाईधनीको खातामै रकम पठाउने व्यबस्था क्यापिटलले गरेको छ। यसैगरी भौतिक प्रमाणपत्र भएका इकाईधनीले क्यापिटलमा प्रमापत्र बुझाएर रकमा फिर्ता लिन सक्ने छन्। प्रमाणपत्र धितोमा भए फुकुवा गरी रकम फिर्ता लिन सक्ने क्यापिटलले जनाएको छ।

कम्पनीले पाँच वर्षको अवधि राखेर ५० करोड रुपैयाँको बन्दमूखी सामुहिक योजना सार्वजनिक गरेको थियो। पाँच बर्षको अवधिमा स्किमले प्रति वर्ष ४८.४४ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS