IME Life New

७ प्रदेशमा १७ शाखा सञ्जाल विस्तार गर्दै एनबि इन्स्योरेन्सले , प्रथम त्रैमासमै २१ करोड बीमाशूल्क आर्जन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

एनबि इन्स्योरेन्स कम्पनीले देशको पुर्वदेखि पश्चिमसम्म सातै प्रदेशका विभिन्न स्थानमा थप १७ वटा शाखा तथा सम्पर्क शाखा सञ्जाल विस्तार गरेर सेवा प्रदान गर्ने भएको छ । बाग्लुङमा २२ औं नयाँ शाखा कार्यालय उद्घाटन कार्यक्रममा इन्स्याेरेन्स सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले सो जानकारी दिएका हुन् ।

ढकालले हालै सम्पन्न भएकाे कम्पनीको  २० औं बार्षिक साधारण सभाको निर्णय वमोजिम १० शेयर बराबर ८ सेयरका दरले हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख कायम हुने बताए ।

Esewa
Crest

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आव. २०७२/७३ मा ३५ करोड बीमा शुल्क आर्जनबाट २०७३/७४ मा करिब ७० करोड बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिँदै चालु आवको प्रथम त्रैमासमा २१ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको बताए ।सोही अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै आइएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका एशोसियट्स उपाध्यक्ष चन्द्र प्रसाद ढकाललले २० करोड नोक्सानी रहेको कम्पनीलाई व्यवस्थापकको अथक प्रयासले गति लिएको बताउँदै अग्रणी कम्पनीको रुपमा स्थापित गराउन दत्तचित्त भएर कार्य गर्न सञ्चालक समिति तथा व्यवस्थापनलाई सुझाब दिए । थपिएको शाखासँगै इन्स्योरेन्सले २२ वटा शाखा, २ वटा सम्पर्क कार्यालय तथा ८ वटा सेवा काउण्टरहरुबाट सेवाग्राहीहरुलाई सेवा प्रदान गर्नेछ ।

लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिन आग्रह

एनबी इन्स्योरेन्स कम्पनीको २२ औं शाखा उद्घाटन गर्दे बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ग्राहकलाई चुस्त र सहज सेवा दिन लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिन कम्पनी व्यवस्थापनलाई सुझाब दिएका छन् ।

उनले बीमा क्षेत्रले रोजगारी बढाउन ठूलो योगदान दिने भन्दै आफ्नो घर, चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यसाय विस्तार गर्न आग्रह गरे ।

सोही अवसरमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत देशभरी आफ्ना ग्राहकलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुना सम्म बीमा सेवा प्रदान गर्ने जानकारी दिए ।

कार्यक्रममा विभिन्न संघ, संस्था, बैंक तथा वित्तीय कम्पनी, सहकारी संस्थाका प्रमुखहरुले कम्पनीले स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि बाग्लुङमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीकाअध्यक्ष तथा सञ्चालक समिति र व्यवस्थापनलाई धन्यवाद दिँदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाका साथ कम्पनीसँग व्यवसाय विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS