IME Life New

५१ वटा पदक, भव्य समापनसँगै बिरामी प्रधानमन्त्री जुरुक्कै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मंगलबार १३ औं सागको भव्य समापन हुँदै थियो । भिडियो सन्देश दिने भनेका प्रधानमन्त्री केपी ओली आफू भने डायलासिस गर्न अस्पताल जानुपर्ने भएपछि सन्देश रेडर्क गराएर अस्पताल तर्फ गए । दशौं पटक डायलासिस गराएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली आफै साग बिजेता खेलाडीहरुसँग देखिए ।

Esewa
Crest

यस पटकको सागमा नेपालले अभुतपूर्व सफलता प्राप्त गर्दै ५१ वटा स्वर्ण सहिद दुई सयभन्दा बढि पदक हात पारेको तथा मंगलबारको साग समापन भव्य, वैभवशाली रुपमा समापन गरेका कारण निकै हौसिएका प्रधानमन्त्रीले आफ्नो रोग बिर्सदै खेलाडीहरुको सम्मानमा आयोजित कार्यक्रममा सहभागी भए ।

सरकारले १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता(साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिने भएको छ ।बुधबार बालुवाटारमा खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण जित्ने खेलाडीलाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषण गरेका हुन् ।

यस्तै रजत पदक विजेतालाई जनही ६ लाख रुपैयाँ र कांस्य पदक विजेता खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने र एकभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख रुपैयाँ दिने पनि प्रधानमन्त्री ओलीले घोषणा गरेका हुन् ।त्यस्तैगरी फुटबल लगायत विभिन्न टिम इभेन्टमा स्वर्ण जित्ने प्रति खेलाडीलाई ५/५ लाख रुपैयाँ दिने पनि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS