IME Life New

११ महिनामा ११ निर्जीवन बीमकको पौने २ करोडको लघु बीमा व्यवसाय, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ठूला निर्जीवन बीमकले चालु आर्थिक वर्षको ११ महिना जेठसम्म पौने २ करोड रुपैयाँबराबरको लघु बीमा व्यवसाय गरेका छन्।

नेपाल बीमा प्राधिकरणको आज सार्वजनिक गरेको तथ्यांकअनुसार ११ निर्जीवन बीमा कम्पनीले १९ हजार २३२ वटा लघु बीमालेख जारी गर्दै १ करोड ७४ लाख २३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्। ठूला कम्पनीमध्ये लघु बीमा व्यवसायमा नेको इन्सुरेन्स अगाडि देखिन्छ। नेकोले ५ हजार ५०१ वटा लघु बीमालेख जारी गर्दै १ करोड २३ लाख १८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Esewa
Crest

दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ। शिखरले यो ११ महिनामा १२ हजार २२० वटा लुघ बीमालेख जारी गर्दै १७ लाख ३३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

कुल बीमाशुल्क १६ लाख ३३ हजार रुपैयाँसहित प्रभु इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ। यो कम्पनी ११ महिनामा ७३५ वटा लघु बीमालेख जारी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS