IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । कम्पनीले माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ दशमलव ३७ प्रतिशत नगद लाभांश (कर समेत) आज अर्थात माघ २८ गते देखि सम्बन्धीत शेयरधनीको बैंक खातामा जम्मा गर्न शुरु गरेको जनाएको छ ।

साथै साधारण सभाबाट पारित भएको ८ दशमलव ६३ प्रतिशत बोनश शेयरलाई सूचीकरण भएपछि सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि शेयर दाखिला बन्द हुने मितिसम्ममा कायम रहेका शेयरधनीको हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक भएको हकमा नगद लाभांश बापतको रकम सोही खातामा नै जम्मा गर्ने ब्यवस्था गरेको कम्पनीको भनाई छ ।

हालसम्म पनि अभौतिकीकरण नगराएका वा हितग्राही खाता खालेर पनि कम्पनीको शेयर अभौतिकीकरण नगराएका शेयरधनीले पायक पर्ने निक्षेप सदस्यकोमा हितग्राही खाता खोली यथाशिघ्र अभौतिकीकरण गराई हितग्राही खातामा बैंक खाताको विवरण अद्यावधिक गराएपछि नगद लाभांश जम्मा हुनेछ ।

शेयर रजिष्ट्रार एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS