IME Life New

हिमालयन एभरेष्ट इन्स्योरेन्सले पायो दुई विधामा उत्कृष्ट अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले वेष्ट माइक्रो इन्स्योर नेपाल र मष्ट इफेक्टिभ एडोप्शन अफ टेक्नोलोजी नेपाल गरी दुई विधामा अवार्ड हात पार्न सफल भएको छ । मंसिर ७ गते इन्डियन चेम्बर्स अफ कमर्शले आयोजना गरेको चौंथो आइसीसी इमर्जिङ एशिया इन्स्योरेन्स कन्क्लेभमा उक्त अवार्ड पाएको हो । उक्त कन्क्लेभमा विमस्टेक राष्ट्रका जीवन तथा निर्जीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट कम्पनीलाई सम्मान गरेको हो ।

कम्पनीले प्राप्त गरेको उक्त पुरस्कारहरु कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहलाई हस्तान्तरण गरिएको थियो । विश्व मै प्रतिष्ठित परामर्शदाता PWC ले एशियामा उदियमान बीमा कम्पनीहरुको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोग आदि विधाहरुमा स्वतन्त्र मूल्याङ्कन गरेको आधारमा विभिन्न कम्पनीहरुलाई पुरस्कृत गरिएकोमा हिमालयन एभरेष्ट इन्स्योरेन्सले Micro Insurance क्षेत्रमा गरेको सेवा प्रवाह र त्यस्को प्रभावकारीतालाई मूल्याङ्कन गर्दै “Best Micro Insurer – Nepal” र प्रविधिको प्रयोगले बीमा सेवा सहजता साथ उपलब्ध गराउदै प्रभावकारी ढंगबाट पहुँच अभिवृद्धि गर्दै लगेकोले “Most Effective Adoption of Technology- Nepal” पुरस्कार प्रदान गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

अवार्ड समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विशिष्ट अतिथिका हैसियतले सम्बोधन समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS