IME Life New

हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु, हवाई सुरक्षाका लागि उचित रणनीति बनाऔँः आईआईएन सीईओ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौंमा हवाई बीमासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ। इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन)को आयोजनामा यो सम्मेलन गरिएको हो। सम्मेलनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले पानसमा बत्ती बालेर गरेका छन्।

कार्यक्रममा इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपालका सीईओ सुशीलदेव सुवेदीले हालको उड्डयन क्षेत्रमा देखिएका चुनौतीका विषयमा छलफल गर्न उपस्थित सबै स्वदेशी तथा विदेशी व्यक्तित्वहरुलाई धन्यवाद दिए । उड्डयन क्षेत्रमा देखिएका जोखिम व्यवस्थाका लागि सबै सरोकारवालाले संयुक्त रुपमा पहल गर्नुपर्नेमा उनले जोड दिए। ‘यसका लागि नियामक, बीमक, जोखिम व्यवस्थापक, ब्रोकर, हवाई सेवाप्रदायकलगायत सबैले हातेमालो गर्नुपर्छ’, उनले भने।

Esewa
Crest

हवाई क्षेत्रको जोखिम व्यवस्थापनमा सबै नियकाले आफ्नो दक्षता र कार्यानुभव आपसमा साट्नुपर्ने सीईओ सुवेदीको भनाइ थियो। ‘हामीसँग भएका स्रोत तथा साधनको अधिकतम सदुपयोग गरेर यो क्षेत्रको जोखिम न्यूनकरण गर्न सक्छौँ’, उनले भने, ‘यसो गरिएको खण्डमा हवाई सुरक्षाका लागि काम गर्न सक्छौँ।’

यो सम्मेलनमार्फ हवाई सुरक्षाका लागि आवश्यक पहलका विषयमा छलफल र अनुभव साटासाट गर्न सकिने सीईओ सुवेदीले बताए। ‘हवाई क्षेत्रको जोखिम न्यूनकरणका लागि नवीनतम सोच आदानप्रदान गर्न सकिन्छ’, उनले भने, ‘यो सम्मेलनको लक्ष्य हवाई क्षेत्रका चुनौती पहिल्याउनुमात्रै नभएर तिनको सामना र समाधानका लागि उचित रणनीति ल्याउनु पनि रहेको छ।’

हायोजकका अनुसार सम्मेलनमा हवाइ बीमा क्षेत्रका स्वदेशी र विदेशी विज्ञसहित पाँचजना मुख्य वक्ता हुनेछन् । सम्मेलनमा मेक लरेन्सका एभिएशन सर्भेयर अजित कुमार कोकेरी, युआइबी एभिएशनका प्रबन्ध निर्देशक माइल्स टाफ्स, विमान सञ्चालक संघ नेपालका अध्यक्ष मनोज कार्की, शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे र नागरिक उड्ययन प्राधिकरणका नायब महानिर्देशक हंशराज पाण्डे प्रमुख वक्ताका रूपमा हवाइ बीमाबारे आफ्नो अनुभव सुनाउनेछन् ।

इन्स्टिच्युटले पहिलो पटक हवाई बीमा सम्बन्धमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS