IME Life New

हल्लै हल्लामा दोस्रो बजार ५४ अंकले घट्यो, यस्तो छ हल्ला

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल धितोपत्र बोर्डले दुई वर्ष अगाडी जारी गरेको निर्देशनलाई देखाउदै दोस्रो बजारमा ५४ अंकको पहिरो गएको छ। नेपाल धितोपत्र बोर्डले दुई वर्ष अगाडी सम्पुर्ण ग्राहकहरुबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिन ब्रोकरहरुलाई निर्देशन दिएको थियो। सोहि निर्देशनको प्रतिलाई देखाएर बजारमा हल्ला चलाइएको हो। यो बाहेक अहिले बजारमा खासै कुनै नयाँ घटना घटेको छैन।

गत बिहीबार शेयर बिक्री गरेर बाहिरिएका लगानीकर्ताले यस्तो हल्ला चलाउदा आज २.२६ प्रतिशतले घटेको हो। बजार घट्ने हल्ला चलाएर बिहीबार शेयर बिक्री गरेकाले आज थप शेयर उठाएका छन्। हल्ला चलाएर घटेको मूल्यमा शेयर किन्ने केहि बाँठा लगानीकर्ताको सक्रियताले आइतबार ८ अर्ब ९७ करोड रुपैयाँको कारोबार भएको छ।

Esewa
Crest

नेप्से सूचक एकै दिन ५४ अंकले घटेर २३७०.५४ अंकमा रोकिएको छ। जम्मा २०४ वटा कम्पनीको कारोबार हुँदा १६१ वटाको मूल्यमा गिरावट आएको छ। सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आउदा १० कम्पनीको शेयर मूल्य भने बढेको छ। मूल्य बढ्नेमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स, सिभिल लघुवित्त नारायणी डेभलपमेन्ट रहेका छन्।

सबैभन्दा धेरै मूल्य घट्नेमा अधिकाम्स फाइनान्स छन्। गएका दिनमा फाइनान्सको शेयर मूल्यमा उछाल आइरहेको थियो। कतिपय लगानीकर्ताले बजार घट्न थाले पछि हत्त पत्त नाफा बुक गर्न थालेका हुन्। नाफा बुक गर्नेको शेयर भने बजारमा हल्ला चलाउने उठाएका हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS