IME Life New

स्तन नफाली ब्रेस्ट क्यान्सरको शल्यक्रिया नेपालमै, नर्भिकमा सेवा सुरु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलमा अब महिला सर्जनबाटै महिलाहरुको स्तन क्यान्सरको शल्यक्रिया सेवा उपलब्ध हुने भएको छ ।भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर महिलाहरुमा विकराल बन्दै गएको स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा. बानिरा कार्कीले नर्भिकमा ब्रेस्ट क्यान्सरबाट पीडित बिरामीहरुको उपचार थालेकी हुन् ।

उनले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार र बुधबार स्तन क्यान्सर पीडित महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिन थालेकी छिन् । उनको ओपिडी सेवा लिन चाहने महिलाहरुले दिउँसो १२ बजेदेखि २ बजेसम्मका लागि अस्पतालमा फोन गरेर अग्रिम नाम लेखाउनुपर्ने अस्पतालले जनाएको छ ।

Esewa
Crest

नेपालका अन्य केही अस्पतालहरुमा समेत स्तन क्यान्सरको उपचार हुने गर्छ । तर, ती अस्पतालहरुमा उपचार तथा शल्यक्रिया गर्ने सर्जन पुरुषहरु मात्र छन् । महिलाहरुको संवेदनशील अंग भएका कारण उनीहरुले महिला सर्जनसँग सहज अनुभव गर्ने र संभवतः डा. कार्की नेपालकै पहिलो र एकमात्र स्तन क्यान्सरको उपचार गर्ने महिला सर्जन समेत हुन् ।

‘अहिलेसम्मको अध्ययनको निश्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहदैनन् ।’ डा. कार्की भन्छिन्–‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार संभव छ ।’

डा. कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ । यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ । यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा. कार्की बताउँछिन् ।

डा. कार्कीले नर्भिकमा स्तन क्यान्सर भएका वा शंका लागेका महिलाहरुको अत्याधुनिक प्रविधिको सहायताले परीक्षण गर्छिन । जस–जसलाई क्यान्सरको समस्या देखियो, उनीहरुको सबै खालका परीक्षणदेखि शल्यक्रियासम्म नर्भिकमै हुनेछ ।

डा. कार्कीले देशकै स्तरीय अस्पताल र चिकित्सकका लागि समेत राम्रो काम गर्ने वातावरण भएका कारण आफूले नेपाल आएर नर्भिक नै रोजेको दाबी गरिन् । ‘उपचारमा संलग्न हामीजस्ता चिकित्सकहरुका लागि राम्रो काम गर्ने वातावरण तयार भयो भने हामीले बिरामीलाई पनि राम्रो सेवा दिन सक्छौं ।’ डा. कार्कीले भनिन्–‘यसका लागि नेपालमा नर्भिकको विकल्प अर्को अस्पताल छ जस्तो लाग्दैन ।’

उनले नेपाली महिलाहरुलाई स्तन क्यान्सरको शंका लागेमा अस्पताल आउने कुरामा ढिलाई नगर्न पनि आह्वान गरेकी छिन् । ‘पहिलो स्टेजमै थाहा भयो भने ब्रेस्ट क्यान्सर ठीक पार्न सकिन्छ ।’ उनले भनिन्–‘लाज, धक, डरका कारण अस्पताल आउन ढिलाई भयो भने अवस्था विकराल बन्नसक्छ ।’

पछिल्लो समय स्तन क्यान्सरको उपचार(शल्यक्रिया) स्तन नफ्याली वा नकाटी समेत गर्ने चलन सुरु भएको छ, नर्भिकमा पनि यो सेवा उपलब्ध हुन्छ । डा. कार्कीले अगाडि भनिन्–‘स्तन नकाटी शल्यक्रिया गर्दा पीडित महिलाहरुलाई सामाजिक रुपमा पुनरस्थापित गराउन सहज हुन्छ र उनीहरुको मनोविज्ञानमा समेत खासै ठूलो असर नगर्ने रहेछ । । फिमेललाई साइक्लोजिकल ट्रमाबाट बचाउन सकिन्छ ।’

डा. कार्कीले भारत टाटा मेडिकल सेन्टर लगायतका प्रतिष्ठित संस्थाहरुमा ब्रेस्ट क्यान्सर विषयमै फेलोसिप गर्दा ७०० हाराहारी महिलाहरुको शल्यक्रिया गरेकी छिन् । उनीसँग जनरल ल्याप्रोस्कोपिक सर्जनको रुपमा धुलिखेल अस्पताल लगायतमा समेत काम गरेको अनुभव छ । उनले एमबीबीएस भने पाकिस्तानबाट गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS