IME Life New

स्टार माइक्रो इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा, आइपीओ ल्याउने मुख्य प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बिहीबार (फागुन ३ गते) बसेको बैठकले वार्षिक साधारणसभा फागुन २७ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।

सभाले सर्वसाधारणमा शेयर निष्कासन (आइपीओ) ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। नियमावलीको नियम २९(२)मा संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट वा संशोधनका लागि निर्देशन भई आएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

Esewa
Crest

कम्पनीको सञ्चालक समिति गठन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। स्वतन्त्र सञ्चालकको नियुक्ति पनि सभाले स्वीकृत गर्नेछ। सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफल गरी पारित गरिनेछ।

आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS