IME Life New

सेयर बजार दोहोरो अंकले घट्यो, ३४ करोड माथि कारोबार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ ।साताको दोस्रो दिनको कारोबारमा सोमबार नेप्से परिसूचक १६ दशमलव १८ अंकले घटेर ११२३ दशमलव ८३ बिन्दूमा झरेको छ।

कुल १६९ कम्पनीको १२ लाख ४८ हजारभन्दा बढी कित्ता शेयर ३४ करोड ३९ लाख रुपैयाँभन्दा बढीमा किनबेच भएको छ । टेडिङ क्षेत्र बाहेक सबै क्षेत्र राताम्मे भएको छ । आज सबैभन्दा बढी लाइफ इन्स्योरेन्स समूह १३१ अंकले गिरावट आएको छ ।

Esewa
Crest

सबैभन्दा बढी छिमेक लघुवित्त कम्पनीको शेयर किनबेच भएको छ । कम्पनीको एक करोड ८० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसनका लगानीकर्ताले भने सबैभन्दा धेरै कमाएका छन् । यस कम्पनीको शेयर मूल्य करिब चार प्रतिशतले बढेको छ ।

नेसनल लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयर सात प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS