IME Life New

सेबोनको अध्यक्षमा आठ जनाको दावी, कसको सम्भावना बढि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर कारोबार नियमन सम्बन्धी संस्था नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष बन्नका लागि ८ जनाले दावी प्रस्तुत गरेका छन् ।

Esewa
Crest

बोर्डको अध्यक्षको लागि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक एवं हाल बोर्डका संचालकमा रहेका भिष्म कुमार ढुगांना, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, बोर्डकै उपनिर्देशक डा. नवराज अधिकारी, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, ब्रोकर कम्पनीका नरेन्द्र सिजाँपति लगायतका आठ जनाले आफ्नो दावी गरेका हुन् ।

बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीको पदावधी सकिएपछि कार्तिकदेखि उक्त पद रिक्त छ । सरकारले बोर्डको कार्यकारी अध्यक्षमा नियुक्ती गर्न कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजत्वमा राजस्व सचिव शिशिर ढुंगाना र आईक्यानका अध्यक्ष कृष्ण आर्चाय सदस्य रहेको छनोट समिति गठन गरेर प्रक्रिया अघि बढाएको थियो ।
यसअघि देखि नै चर्चामा आएका भिष्म ढुंगाना वा बोर्डकै निर्देशक गिरीको सम्भावना बलियो रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS