IME Life New

सुनको मुल्य बढ्यो, प्रति तोलाको भाउ ९२ हजार नाघ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा सुनको मुल्य बढने क्रम जारी रहेको छ । दिन प्रतिदिन सुनको मुल्य बढेको छ । हिजो तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ । हिजो बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

Esewa
Crest

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS