IME Life New

सुदूरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरमा सलिको, रु १० लाखको दुर्घटना बीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल प्रिमियर लिगमा सहभागिता जनाउँदै गरेको सुदूरपश्चिम रोयल्स र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीच सम्झौता भएको छ । सलिको सुदुरपश्चिम रोयल्सको इन्स्योरेन्स पार्टनरका रुपमा रहने गरी सम्झौता भएको हो ।

सो सम्झौतामा सलिकोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री, नायब प्रमुख कार्यकारी अधिकृत बरिष्मा साउद आचार्य लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको कार्यक्रममा सुदुरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्का र सलिकोका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सम्झौतामा हत्ताक्षर गरे ।

Esewa
Crest

उक्त सम्झौता अन्तर्गत रहेर सलिकोले यस टिमका प्रत्येक सदस्यहरुको प्रतिव्यक्ति १० लाख बराबरको दुर्घटना बीमा र १ लाख बराबरको औषोधोपचार बीमाको व्यवस्था गरेको जनाएको छ।

रोयल्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत खड्काले सलिको संगको आबद्धताले आफुहरु अत्यन्त उत्साहित भएको धारणा व्यक्त गरेका छन्।

त्यस्तै सलिकोका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले सुदुरपश्चिम, नेपाली क्रिकेट क्षेत्रमा योगदान दिने प्रतिभावान खेलाडिहरु उत्पादन गर्ने उर्वर भुमी का रुपमा रहँदै आएको उल्लेख गर्दै, बिशिष्ट प्रकारको संस्कृती, भाषा, रहनसहन र भौगोलिक सौन्दर्यताले भरिपुर्ण यस प्रदेशको गौरवलाई बोकेको टिम सुदुरपश्चिम रोयल्स सँग सहकार्यको हात अगाडी बढाउन पाउँदा सिंगो सगरमाथा लुम्बिनी इन्स्योरेन्स परिवार र स्वयं आफु पनि अत्यन्तै हर्षित भएको कुरा उल्लेख गरे ।

साथै सबैभन्दा धेरै समर्थकहरुको रोजाईमा पर्न सफल यस टिमको अभिन्न अंग हुन पाउनु सलिकोका निम्ति समेत गौरवको भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS