IME Life New

सीएआर/ईएआर बीमालेखको समयावधि थप्ने कार्य एक महिनाअघि नै गर्न सलिकोको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले सीएआर/ईएआर बीमालेखको समयावधि थप्ने कार्य एक महिनाअघि नै गर्न बीमितहरुलाई आग्रह गरेको छ।

सलिकोले आज एक सूचना गर्दै यस्तो आग्रह गरेको हो। साविक सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबाट विगतका वर्षहरुमा इन्जिनियरिङ पोर्टफोलियोअन्तर्गत ठेक्का तथा परियोजनाहरुका सीएआर/ईएआर बीमालेखाहरु जारी भएका थिए। नेपाल सरकारद्वारा जारी गरिएको ‘सार्वजनिक खरिद तेह्रौं संशोधन नियमावली, २०८०’ बमोजिम त्यस्ता बीमालेख समयावधि थप गर्नुपर्ने भएमा सो कार्य हुन कम्तीमा १ महिनाको समय लाग्ने सलिकोले जनाएको छ।

Esewa
Crest

त्यसैले त्यस्ता बीमालेखको म्याद समाप्ती हुनुभन्दा कम्तीमा १ महिना अगावैको समयमा व्यवस्थापन गरी सलिकोका बीमालेख जारी भएका सम्बन्धित शाखाहरुमा सम्पर्क राखी समय थपसम्बन्धी कार्य गर्न बीमितहरुलाई सूचनामार्फत आग्रह गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS