IME Life New

सीईओ शाहबारे हिमालयन एभरेष्ट इन्स्योरेन्सले के जानकारी गरायो नेप्सेलाई ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाह पदमुक्त भएका छन्। कार्यकाल पूरा नहुँदै सञ्चालक समितिले शाहलाई पदमुक्त गरेको हो। २०७८ फागुन १ गते ४ वर्षका लागि नियुक्ति पाएका शाहको कार्यकाल पूरा हुन डेढ वर्षभन्दा बढी अवधि बाँकी थियो।

कम्पनी सचिव ध्रुवप्रसाद न्यौपानेले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा पत्र पठाउँदै बुधबार बसेको सञ्चालक समितिको बैठकबाट आज असार १३ गतेबाट लागू हुने गरी शाहलाई सीईओ पदमा वहाल नरहने निर्णय गरेको जानकारी गराएका छन्। शाहलाई पदमुक्त गर्नुको स्पष्ट कारण भने पत्रमा खुलाइएको छैन।

Esewa
Crest

नेप्सेलाई पठाइएको पत्रमा कम्पनीकी नायब सीईओ अञ्जु श्रेष्ठलाई असार १३ गतेबाटै लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सीईओको जिम्मेवारी दिइएको उल्लेख छ।

उता सञ्चालक समिति अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले बुधबार जारी गरेको पत्रमा निर्जीवन बीमकबीचको पहिलो मर्जर सफल बनाउन दिशानिर्देश गरेको उल्लेख गर्दै शाहलाई धन्यवाद दिएका छन्। शाहको बर्खास्तीलाई लिएर संस्थाभित्र कर्मचारीहरूको बीचमा मनोबल खस्किने र कामको वातावरण बिग्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अध्यक्ष श्रेष्ठले पत्रमा कर्मचारीको कार्यसम्पादनको गहन तरिकाले मूल्यांकन गर्नेसमेत उल्लेख गरेका छन्।

लिडरसिप एकेडेमी नेपाल र अमेरिकाको टेक्सास राज्यको हस्टनस्थित राइस युनिभर्सिटी बिजनेस स्कुलले आयोजना गरेको एडभान्स लिडरसिप ट्रेनिङमा सहभागिताका लागि शाह अमेरिका गएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

50%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS