IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश अनुमोदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको ३० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । वार्षिक साधारणसभा काठमाडौंको भगवती बहालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजीको ११ प्रतिशत नगद लाभांश (करसहित) अनुमोदन गरेको छ । कम्पनीको चुक्तापुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ। जसअनुसार कम्पनीले ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख २० हजार ४८९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभाले उक्त प्रस्ताव अनुमोदन गरेको छ ।

Esewa
Crest

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित गरेको छ । सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष सुरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभाले संस्थापक शेयरधनीहरुको तर्फवाट सुरेश लाल श्रेष्ठ , पवन कुमार अग्रवाल , राहुल अग्रवाल, राजन कृष्ण श्रेष्ठ र सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई आगामी ४ वर्षका लागि सञ्चालकको पदमा र्निविरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS