IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी शेयर उठाउने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको पौने २ लाख कित्ता शेयरमा बोलपत्र पेस गर्ने आज पुस १३ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत पुस ४ गतेबाट लिलामी प्रक्रियामार्फत १ लाख ७८ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। यो शेयरमा विद्यमान संस्थापक शेयरधनी तथा जोकोही व्यक्ति र संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

Esewa
Crest

लिलामीमा राखिएको शेयरको न्यूनतम मूल्य २२० रुपैयाँ तोकिएको छ। इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौं ट्रेड टावरस्थित कार्यालयमा पेस गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS