IME Life New

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामी शेयर उठाउने आज अन्तिम दिन, कति छ न्यूनतम मूल्य ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लिलामीमा राखिएको शेयर उठाउने आज मंसिर २८ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत मंसिर २२ गतेबाट संस्थापक समूहको ५ लाख ३३ हजार ८६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

Esewa
Crest

यो शेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २२० ?पैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम ५ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाडौं बबरमहलस्थित कार्यालयमा पेस गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS