IME Life New

सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको रु. २१.१९ करोड दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको अगुवाइमा युनाइटेड अजोड इन्स्योरेन्ससँग सहबीमा रहेको अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई बाढीबाट पुगेको क्षतिबापतको दाबी भुक्तानी गरिएको छ। २०८० असार २ गते संखुवासभामा गएको भीषण बाढीबाट यो जलविद्युत आयोजनमा ठूलो क्षति पुगेको थियो।

जलविद्युत आयोजनाको भौतिक संरचना, बाँध, पेनस्टक पाइप, सिल्टिङ वेसिन सस्पेन्सन ब्रिज लगायतको सम्पत्तिको क्षति तथा घटनापश्चात विद्युत उत्पादन अवरुद्ध भएको करिब ६ महिनाको क्षतिसमेत गरी कुल २१ करोड १९ लाख ६० हजार ५०० रुपैयाँको दाबी सिद्धार्थ प्रिमियरले फर्छ्यौट गरेको हो। कम्पनीमा आयोजित एक समारोहमा अपर हेवाखोला हाइड्रोपावरका प्रवन्ध सञ्चालक डेढराज खड्कालाई नाफाको नोक्सानबापत १० करोड ४५ लाख ३१ हजार ५०० रुपैयाँबराबर र सम्पत्ति क्षतिबापतको बीमा रकम १० करोड ७४ लाख २९ हजार रुपैयाँ दाबी रकमबराबरको चेक सिद्धार्थ प्रिमियरका कार्यकारी प्रमुख वीरेन्द्र बैदवार क्षेत्रीद्वारा हस्तान्तरण गरेका छन्। कार्यक्रममा दुवै कम्पनीका वरिष्ठ पदाधिकारीहरुको उपस्थिति थियो।

Esewa
Crest

चेक हस्तान्तरणपश्चात कार्यकारी प्रमुख क्षेत्रीले इन्स्योरेन्समा पर्न आएको दावीहरुलाई उच्च प्राथमिकताका साथ फर्छ्यौट गर्दै आएको बताए। हाइड्रोपावरका प्रबन्ध सञ्चालक खड्काले बीमा भुक्तानीमा कम्पनीले पुर्याएको सेवाप्रति सन्तुष्ट रहेको बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS