IME Life New

सिद्धार्थ प्रिमियरको ३०% नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन थालियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ३० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा पठाउन थालिएको छ।

कम्पनीको फागुन १५ गते ३१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित चुक्तापुँजीको ३० प्रतिशत नगद लाभांश (करसहित) पारित भएको थियो। सोही दिनबाट शेयर रजिस्ट्रार एनएमबि क्यापिटलबाट शेयरधनीहरुको बैंक खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ।

Esewa
Crest

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ फागुन २ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। अर्थात फागुन २ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीको नगद लाभांश पाउनेछन्।

यरधनीको डिम्याट खातामा उल्लेखित बैंक खातामा नगद लाभांश पठाउन थालिएको कम्पनीले जनाएको छ। हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुलाई आफूलाई पायक पर्ने निक्षेप सदस्य (डीपी)मा डिम्याट खाता खोली शेयर अभौतिकीकरण गर्न कम्पनीले आग्रह गरेको छ। डिम्या खाता खोलेर त्यसमा उल्लेखित बैंक खातामा नगद लाभांश पठाइने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ।

त्यसैगरी डिम्याट खाता अद्यावधिक नगरेका शेयरधनीहरुलाई खाता अद्यावधिक गर्न कम्पनीले आग्रह गरेको छ। बैंक खातामा नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नियमानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क शेयरधनीले नै व्यहोर्नुपर्ने कम्पनीले स्पष्ट पारेको छ।

यसैगरी साविक सिद्धार्थ इन्स्योरेन्स र साविक प्रिमियर इन्स्योरेन्स आपसमा गाभिएको मिति २०७९ फागुन १७ गतेभन्दा अघिल्लो दिनसम्म कायम रहेको साविक सिद्धार्थ इन्स्योरेन्सका शेयरधनीलाई आयकर ऐन, २०५८ को दफा ४७कको उपदफा ५ मा भएको व्यवस्थाबमोजिम नगद लाभांशमा करकट्टा नगरिएको र साविक प्रिमियर इन्स्योरेन्सका शेयरधनीहरुलाई निजले प्राप्त गर्ने नगद लाभांशमा कर कट्टा गरिएको साथै मर्जर भएको मितिदेखि शेयर खरिद गरेका शेयरधनीहरुको हकमा थप भएको शेयरमा कर कट्टा गरेरमात्र नगद लाभांश भुक्तानी गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS