IME Life New

सिद्धार्थ इन्स्योरेन्सको २०औं वार्षिक साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको २०औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त साधारण सभामा सञ्चालक समितिका तर्फबाट कम्पनीका अध्यक्ष रतन लाल केडियाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गरेका थिए ।

सभाले हाल कायम रहेको चुक्ता पुँजी १ अर्व १२ करोडकोे १५ प्रतिशत वोनस शेयर जारी गर्ने तथा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांस प्रदान गर्ने र मर्जर सम्वन्धि विशेष प्रस्ताव समेत पारित गरेको छ ।

Esewa
Crest

सभाले प्रबन्ध पत्रको दफा ५ को ख मा रहेको पूँजी सम्बन्धि व्यवस्थालाई संशोधन गर्ने, नियमावलीको नियम ५ को ख र घ मा रहेको पूँजी सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, प्रवन्ध पत्रको दफा ३.१ मा रहेको उद्देश्य अन्तर्गत सामुहिक लगानी कोष योजना सञ्चालन गर्ने गराउने व्यवस्था थप गर्ने विशेष प्रस्ताव साधारणसभाले पारित गरेको छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनी सँग गाभ्ने गाभिने वा प्राप्ती गर्ने सम्बन्धि सम्पुर्ण अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, नियमावलीको नियम २८ को उप नियम एकमा रहेको सञ्चालकलाई प्रदान गरिने बैठक भत्ता सम्बन्धी व्यवस्थालाई संशोधन गरी बैठक भत्ता बृद्ध गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण प्रतिवेदन, वित्तीय विवरण, तथा अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा कम्पनीले विभिन्न बीमा व्यवसाय अन्तर्गत रु. २ अर्व ३५ करोड ९५ लाख ६८ हजार बीमा शुल्क आर्जन गरेकोे थियो भने चालु आर्थिक वर्षको साधारण सभाको दिन सम्म कम्पनीले १ अर्व ९२ करोड बीमा शुल्क आर्जन गरेको कम्पनीले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS