IME Life New

सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार २१६.५० कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

सिद्धार्थ इन्स्योरेन्सको ३७ हजार २१६ं दशमलव ५० कित्ता सेयर लिलाम भर्ने आज अन्तिम दिन रहेको छ । असोज १९ गते दखि सिद्धार्थले संस्थापक समूहको ७९९ दशमलव ६० कित्ता र सर्वसाधारण समूहको ३६ हजार ४१६ दशमलव ९० कित्ता लिलाममा ल्याएको हो ।

लगानीकर्ताहरुले  यसमा सहभागी हुनको लागि न्यूनतम १०० रुपैयालाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्दछ । कम्पनीले यस अघि असार १७ देखि साउन २० गतेसम्म १०ः३.५ अनुपातमा २२ लाख ४४ हजार ९७३.५० कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमा २२ लाख ७ हजार ७५७ कित्ताका लागि मात्र आवेदन परेको थियो । बिक्री हुन नसकेको ३७ हजार २१६.५० कित्ता हकप्रद अहिले लिलामीमा ल्याइएको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिने छ । यसैगरी, एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, बुटवल, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखाबाट पनि आवेदन दिन सकिनेछ ।
हाल सिद्धार्थ इन्स्योरेन्सकोे चुक्ता पुँजी ६४ करोड १४ लाख २१ हजार रुपैयाँ रहेको छ । लिलामी बिक्री खुला गरेको सेयर बिक्रीपछि चुक्ता पुँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS