IME Life New

सानिमा जीआईसी इन्स्योरेन्सको हकप्रद शेयर धितोपत्र बोर्डको पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले हकप्रद ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै हकप्रद ल्याउन अनुमति मागेको हो। कम्पनीले हाल कायम चुक्तापुँजीको २५ प्रतिशत अर्थात १०ः२.५ अनुपातमा हकप्रद ल्याउन धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

Esewa
Crest

धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ५० करोड रुपैयाँबराबरको हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता हकप्रद शेयर बिक्री खुला गर्नेछ।

हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ। हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ।

सानिमा जीआईसीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS