IME Life New

सानिमा जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा भौतिक भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एण्ड बैङक्वेट, धुम्बाराही, काठमाण्डौमा सम्पन्न भएको हो ।

उक्त सभामा आथिृक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दैअध्यक्षले नेपाल वित्तीय प्रतिवेदनमा एनएफआरएस बमोजिमको वित्तीय विवरण पेश गर्नुका साथै सभाले उक्त प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ।

Esewa
Crest

त्यसैगरी आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कम्पनीको वार्षिक लेखा परिक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउण्टेण्टलाई नियुक्त गर्न संचालक समितिको प्रस्ताव सभाले सर्वसम्मत रुपमा पारित गरेको छ। साथै अध्यक्षले कम्पनीको प्रधान कार्यालय सहित २६ वटा शाखा कार्यालयहरु संचालन रहेकोमा आगामी आथिृक वर्षमा थप शाखा तथा उपशाखा कार्यालयहरु संचालन गरी कम्पनीको व्यवसायिक दायरा फराकिलो पार्दै लगिने जानकारी दिए ।

साथै, उनले सभामा उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरु तथा कर्तव्यनिष्ठ कर्मचारीहरुलाई हार्दिक धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS