IME Life New

सानिमा जनरल इन्स्योरेन्सद्धारा बीमा सर्भेयरलाई सूचिकृत हुन आह्वान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले बीमा सर्भेयरलाई सूचि दर्ताकोे लागि आह्वान गरेको छ । कम्पनीले जारी गरेका विभिन्न बीमालेखहरुमा परेको दाबीहरुको क्षतिको अनुसन्धान,सर्भेक्षण तथा मुल्याङकन गर्नका लागि सर्भेयरहरुको सूचि तयार पार्ने भएको हो ।

कम्पनीले बीमा समितिबाट सर्भेयरको इजाजतपत्र प्राप्त ईच्छुक रजिष्टर्ड फर्म तथा व्यक्तिहरुले सूचि दर्ताको लागि सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र कम्पनीको प्रधान कार्यालयमा दर्ता गराउन आग्रह गरेको हो ।

Esewa
Crest

सूचिकरणका लागि आवेदन दिने सर्भेयरले बीमा समितिबाट प्राप्त सर्भेयरको इजजातपत्रको प्रतिलिपी,व्यक्तिगत विवरण, स्थायी लेखानम्बरको प्रतिलिपि, कम्पनीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपि र शैक्षिक  योग्यताको प्रमाणपत्रहरुको प्रतिलिपी सहितको विवरण पेश गर्नु पर्ने जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS