IME Life New

साउन महिना भित्र खेलाडी बीमालेख मार्गदर्शन कार्यान्वयनमा आउँछ, प्राधिकरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले राष्ट्रका गाैरव मानिने खेलाडीहरूकाे खेल जीवनमा हुने जाेखिम बहनका लागी विशेष बीमालेख जारी गर्ने भएकाे छ। प्राधिकरणले  खेलाडी बीमालेख मार्गदर्शन मार्फत् यस्ताे प्रावधान लागू गर्ने तयारी गरेकाे हाे ।

प्राधिकरण स्रोतका अनुसार खेलाडी बीमालेख मार्गदर्शनको मस्यौदा तयार भै सकेको र  सम्भवत: साउन महिना भित्र संचालक समितिले पास गरे पछि कार्यान्वयनमा आउने छ।

Esewa
Crest

राष्ट्रकाे गाैरवका रूपमा रहेका खेलाडीहरूकाे खेल जीवनका क्रममा आइपर्ने जाेखिम बहन गर्ने उद्देश्यका लागी पहिलाे पटक खेलाडी बीमाकाे विशेष व्यवस्था गर्न लागिएकाे छ । याे बीमा अन्तर्गत बीमित खेलाडीकाे बीमा अवधि भरमा कुनै दुर्घटना वा खेलकुदका क्रममा कुनै चाेटपटक वा अ‌ंगभंग भएमा वा अपाङता भएकाे अवस्थामा जाेखिम बहन हुनेछ। साथै खेलाडीले शारीरिक चाेटपटकका कारण अस्थायीरुपमा खेलमा सहभागीता जनाउन नसकेकाे अवस्थामा क्षतिपूर्तीवापतकाे रकम समेत बीमा कम्पनीले व्यहाेर्नेछ।

खेलाडी बीमा अन्तर्गत खेलाडी जीवन बीमा, खेलाडी तथा स्वास्थ्य प्रशिक्षण बीमा, खेलाडी तथा प्रशिक्षण आकस्मिक बीमाको व्यवस्था गर्ने घाेषणा गत आव २०७९।८० काे नीति तथा कार्यक्रममा घाेषणा गरिएकाे थियाे ।

अखिल नेपाल फुटबल स‌ंघ(एन्फा)ले ए डिभिजन खेलकुद सञ्चालनकाे समयमा खेलाडीहरूकाे ३ देखि ५ लाख रूपैयाँसम्मकाे दुर्घटना बीमा गर्दै आएपनि खेलाडीकाे जाेखिमलाई लक्षित गर्दै विशेष बीमा याेजना नभएकाले खेलाडीहरुले उच्च जाेखिम व्यहाेर्नुपर्ने बाध्यता रहँदै आएकाे छ।

बीमा प्राधिकरणले खेलाडीको बीमालेख तयार पार्दै, सम्पुर्ण जोखिम एउटै पोलिसीमा समेट्ने तयारी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS