IME Life New

साइन्टिफिक लर्निङ्ग सेन्टरको आयोजनामा ‘युवा वर्ग लक्षित आधारभुत शेयर तालिम संचालन हुदै’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: भोलि अर्थात् असार १६ गते (शनिबार) काठमाडौँको कोटेश्वरमा ‘साइन्टिफिक लर्निङ्ग सेन्टर’ (Scientific Learning Center Pvt. Ltd )’ द्वारा आयोजित एक दिने आधारभुत शेयर तालिम संचालन हुदैछ, बियरिश टेण्डमा रहेको नेपाली पुंजी बजारमा नेपालको शेयर बजारको वर्तमान अवस्था, शेयर बजार परिबर्तनका कारणहरु, कम्पनी छनोट तथा बिस्लेषण गर्ने तरिका, लगानी पोर्टफोलियो ब्यबस्थापनबारे बिस्तृत जानकारी गराईने आयोजक संस्थाका संचालकहरुले जानकारी गरएका छन् ।

‘शेयर बजारको आधारभुत ज्ञान नहुदा अहिलेको जस्तो अवस्थामा लगानीकर्ताले ठुलो जोखिम मोल्नु परेको छ, शेयर बजारको आधारभुत ज्ञान सहित बजारमा प्रवेश गर्दा पुंजी बजारको दीर्घकालीन बिकाश तथा विस्तारमा एस्ता कार्यक्रमहरु सहयोगी हुने हुदा आफुहरुले अहिलेको बियरिश टेण्डमा शेयर तालिम आयोजना गरेको’ जानकारी आयोजक संस्थाका संचालक-उत्सब ढकालले दिनु भयो ।

Esewa
Crest

साइन्टिफिक लर्निङ्ग सेन्टरको योजनामा हुने सो तालिम कार्यक्रममा पछिल्लो समयका चर्चित युवा बजार बिस्लेशक-सन्तोष राज बजगाईले शेयर बजार सम्बन्धि तालिम तथा शेयर कारोबारका लागि आवश्यक आधारभुत ज्ञान दिने छन्। सो कार्यक्रमको मिडीया सहयोगी ‘इन्स्योरेन्स खबर’ रहेको छ ।

शनिबार बिहान १०.३० बाट सुरु हुने उक्त कार्यक्रम बिशेष गरी नयाँ लगानीकर्ता तथा शेयर बजारमा भबिष्य खोज्ने युवाहरुका लागि धरै प्रभाबकारी हुने बिश्वाश आयोजकको रहको छ। कार्यक्रम कोटेश्वर स्थित हिमालयन कलेजमा हुने छ, कार्यक्रम बिहान ११ बजे बाट सुरु हुने छ। अन्य जानकारीको लागि कार्यक्रम संयोजक उत्सब ढकाल (९८५११-८०२२२) लाई सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS