IME Life New

सर्भेयर एसोसिएसनले असार १२ गते ‘जलविद्युतको शक्ति सेतो सुन’ विषयमा अन्तर्क्रिया गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्भेयर एसोसिएसनले असार १२ गते हाइड्रोपावरको बीमा सम्बन्धी अन्तर्क्रिया तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ । एसोसिएसनले उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा ‘जलविद्युतको शक्ति सेतो सुन’ नामक एक दिने कार्यक्रम गर्न थालेको हो । एसोसिएसनले लामो प्रयास पछि बल्ल मिति तोक्न सफल भएको हो ।

कार्यक्रममा सरोकारवाला पक्षहरुसँग हाइड्रोपावरको बीमा सम्बन्धी बृहत छलफल हुनेछ । जसमा बीमा समिति, बीमक संघ, हाइड्रोपावरका व्यक्तिहरु, सर्भेयरले आ-आफ्नो तर्फबाट प्रस्तुतिकरण दिनेछ । एसोसिएसनले असार १२ गते दिनभर काठमाडौंको होटल एल्लो प्यागोडामा कार्यक्रम सञ्चालन गर्नेछ ।

Esewa
Crest

जलविद्युतको बीमामा देखिएका समस्या र समाधानको उपाय पहिल्याउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गर्न लागिएको सर्भेयर एसोसिएसनका अध्यक्ष मोहन पुरुष ढकालले जानकारी दिए ।

उक्त कार्यक्रममा सम्पुर्ण निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, दाबी भुक्तानी विभागका प्रमुखहरु, जलविद्युत कम्पनीका प्रमोटर तथा प्रवबन्धहरु, बीमा समिति, बीमा क्षेत्रमा लामो समयदेखि सर्भे गर्दै आएका सर्भेयरहरुको उपस्थिति रहने ढकालले बताए ।

हाइड्रोपावरको सर्भेयर गर्दा धेरै समस्या देखिएकाले यस्तो सम्मेलन गर्न थालिएको हो । कार्यक्रममा धेरै लामो समयदेखि सर्भे गर्दै आएका देश विदेशका सर्भेयरहरुले आ-आफ्नो प्रस्तुती दिनेछन् । त्यस्तै जलविद्युतको बीमा गर्दा आइपरेका समस्याका विषयमा बीमा कम्पनीका प्रतिनिधि र जलविद्युत कम्पनीका प्रतिनिधिहरुले आ-आफ्नो प्रस्तुती दिने छन् ।

यसले जलविद्युतको बीमामा देखिएका ग्याप थाहा हुने र नियामक निकाय बीमा समितिलाई पनि पोलिसी बनाउन मद्दत गर्ने अध्यक्ष ढकालको भनाइ छ । कतिपय अवस्थामा बीमा कम्पनीले बीमा योग्य हितको सिद्धान्त विपरित पनि बीमा गरिरहेका छन् । जसले गर्दा पुनर्बीमा नहुने, दाबी भुक्तानीमा ढिलाइ हुने र बीमा कम्पनी र प्रमोटरको विचमा ठुलो विवाद हुने गरेको छ ।

पछिल्ला दिनमा अन्तर्राष्ट्रिय पुनर्बीमा कम्पनीहरुले नेपाली जलविद्युत कम्पनीको पुनर्बीमा गर्नै नचाहिरहेको अवस्थामा यो सम्मेलन अत्यावस्यक देखिएको एसोसिएसनको ठहर छ । बीमा कम्पनीहरुले जानेर नजानेर जलविद्युत आयोजनाको कतिपय संरचनाको बीमा नै गर्न नहुने अवस्थामा पनि बीमा गरिरहेको पाइएको सर्भेयरहरुको बुझाइ छ ।

यदि बीमा हुदैन भने बीमा कम्पनीले यस्तो यस्तो अवस्थामा बीमा हुँदैन भनेर भनिदिन सक्नु पर्छ तर बीमा कम्पनीहरु सँग त्यो लेभलको बुझाइ र जनशक्ति नै हुदैनन् । केहि समय अगाडी बीमा समितिले नन ट्यारिफ व्यवसाय अन्तर्गत हुँदै आएको जलविद्युत आयोजनाको बीमालाई ट्यारिफमा ल्याइदिए पछि ठुलो विवाद भएको थियो ।

 

बजारमा विवाद चलिरहने तर यसको व्याख्या विश्लेषण र समाधानको विषयमा कहिले पनि छलफल नहुँदा समस्या देखिइरहेको छ । यसरी बीमा कम्पनी, प्रोमोटर र बीमा समिति विचको ग्याप ‘खाडललाई’ यस सम्मेलनले धेरै हदसम्म समाधान गर्ने प्रयास हुने एसोसिएसनको भनाइ छ ।

कार्यक्रमको आयोजना सर्भेयर एसोसिएसनले गरेता पनि यसको प्रायोजन भने नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरु, बीमा समिति र केहि जलविद्युत कम्पनीहरुले गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS