IME Life New

सरकारले अनुदानबापतको रकम नदिँदा बीमा कम्पनीहरु अत्याधिक जोखिममा: बीमक संघ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले सरकारले कृषि बीमाको अनुदानबापतको रकम नदिँदा बीमा कम्पनीहरु अत्याधिक जोखिममा रहेको जनाएको छ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो धारणा सार्वजनिक गरेको हो। सरकारले कृषि बीमाशुल्कमा तोकेको अनुदान रकम बीमा कम्पनीहरुलाई दिन हालसम्म करिब रु. २ अर्ब बाँकी रहेको संघले जनाएको छ। ‘उपरोक्त अनुदान रकम उपलब्ध गराउन कृषि तथा पशुपन्छी मन्त्रालय, कृषि विभाग र नेपाल बीमा प्राधिकरणलाई पटक–पटक मौखिक तथा लिखित अनुरोध गर्दासमेत हाल सम्म प्राप्त भएको छैन’, विज्ञप्तिमा भनिएको छ, ‘यो कारणले बीमा कम्पनीहरु अत्यधिक जोखिममा रहेका छन्।’

Esewa
Crest

नेपाल सरकारले मिति २०६९ साल देखि कृषक र कृषिलाई प्राथमिकता दिई कृषि बीमाशुल्कमा क्रमशः अनुदान दिँदै आएको छ। विगत १० वर्षदेखि बीमा कम्पनीहरुले नियामक निकाय नेपाल बीमा प्राधिकरणको निर्देशिकाबमोजिम कृषि बीमालेख जारी गर्ने, क्षति हुँदा क्षतिको दाबी भुक्तानी गर्ने तर सरकारले तोकेको अनुदान सामान्यतया १ वर्षपश्चात मात्र उपलब्ध गराउने गरेको थियो। तर, लामो समयदेखि सरकारले उपलब्ध गराउने अनुदान रोकिएको छ।

कृषि बीमाको एकातर्फ अनुदान प्राप्त नहुने र अर्कोतर्फ दाबीको भुक्तानी तत्काल गर्नुपर्ने परिस्थितिका कारण बीमकहरुको नगद प्रवाहमा समस्या भएको संघले जनाएको छ। ‘तसर्थ, बीमक संघको वैशाख १० मा बसेको पूर्ण बैठकको निर्णयअनुसार सरकारले भुक्तानी गर्नुपर्ने अनुदान रकम यथाशक्य उपलब्ध गराउन अनुरोध गर्दछौँ’, विज्ञप्ति भनिएको छ, ‘अन्यथा नगद प्रवाहको अभावमा बीमकहरुलाई दाबी भुक्तानी गर्न असहजता हुनेछ।’

यसबाट कृषि बीमा गर्ने बीमितहरु तथा दाबीकर्तामा पर्न जाने असरप्रति संघले क्षमा मागेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS