IME Life New

समितिको निर्देशन कार्यन्वयन गरेपछि राष्ट्रिय बीमा कम्पनीले लाभांश बाड्न पाउँने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


राष्ट्रिय बीमा कम्पनी लिमिटेडको लाभाशं वितरणमा बीमा समितिले रोक लगाएको भन्ने समाचार प्रकाशन भएपछि लगानीकर्ताहरुमा त्रास फैलिएको छ । समितिले तीन महिना अगाडी नै कम्पनीलाई नियमित खर्च बाहेक अन्य खर्च गर्न रोक लगाएको हो । जसमध्ये लाभांश वितरण पनि एक भएको बीमा समितिले बताएको छ । समितिका अनुसार एक महिना अगाडी नै कम्पनीलाई लाभांश घोषणा नगर्न निर्देशन दिएको थियो ।

कम्पनीले लामो समयदेखिको वित्तिय विवरण समितिका बुझाएको छैन । तीन महिना अगाडी मात्रै कम्पनीले पाँच आर्थिक बर्ष ( आव २०६२/६३, २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७) को बुझाएको थियो । करिब एक बर्ष लगाएर उक्त विवरण पारित भएको समितिले बताएको छ । तर, कम्पनीले केही विवरण स्पष्ट नपारेको कारण अन्य खर्चमा रोक लगाएको समितिले बताएको छ ।

Esewa
Crest

कम्पनीेलाई समितिले निर्देशन दिएको तथ्यांक उपलब्ध गराएपछि लाभांश वितरण गर्नं सक्ने समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS