IME Life New

समितिका अध्यक्ष सिलवालद्धारा आइएमई जनरलको केन्द्रीय कार्यालय भवनको शिलान्यास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले केन्द्रीय कार्यालय भवनको शिलान्यास सम्पन्न गरेको छ । कम्पनीले काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरी स्थित जग्गामा कम्पनीको केन्द्रीय कार्यालय भवनका २०७८ साल मङ्सिर २४ गते शुक्रबारका दिन बिहान ८ बजको शुभ साहितमा भवनको शिलान्यास गरेको हो ।

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट उक्त भवनको शिलान्यास सुसम्पन्न भएको हो । शिलान्यासको शुभ साहितको समयमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको जगमा शिला राखेर शुभ साहितमा भवनको शिलान्यास गरेका हुन् ।

Esewa
Crest

उक्त शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्षलाई संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे ।

उक्त शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल लगायत सम्पूर्ण संचालकज्यूहरु, संस्थापक शेयरधनीज्यूहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS