IME Life New

समितले तयार पार्यो कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम दिने प्रशिक्षकको रोष्टर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम दिने प्रशिक्षकहरुको रोस्टर तयार पारेको छ । समितिले कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताहरुलाई तालिम दिनका लागि १४ जनाको नाम सूचिकृत गरेको छ । जसमा दिपक कुमार शर्मा, द्रोण प्रसाद आचार्य, किशोर पराजुली, लोकराज सुवेदी, मनिता थापा, मोतिलाल यादव, निरोज रेग्मी, पद्म नाथ आचार्य, राजेन्द्र कुमार मल्ल, राजेन्द्र प्रसाद प्रधान, सरोज कान्त अधिकारी, शिव घिमिरे, सुजन न्यौपाने र टिकाराम थापा छन् ।

Esewa
Crest

यसका साथै समितिले ४२ जना कर्मचारीहरुलाई कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षकमा समावेश गरेको छ । समितिले निर्देशकदेखि सहायक निर्देशकहरुलाई उक्त रोस्टरमा समावेश गरेको छ । जसमा चारै जना निर्देशक छन् ।

समितिले गत असोजमा योग्यता तोकेर कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम दिने प्रशिक्षकहरुको आह्वान गरेको थियो । समितिले सार्वजनिक रुपमा आह्वान गर्दा निवेदन दिने मध्ये योग्यता पुगेका १४ जनालाई रोस्टमा समावेश गरेको छ ।

नेपाल सरकारले कृषि तथा पशुपन्छी बीमालाई प्रवर्द्धन गर्नका लागि बीमा शुल्कको ८० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । तर बजारमा प्रयाप्त अभिकर्ता तथा मूल्याङ्कनकर्ता नहुँदा समस्या शिर्जना हुँदै आएको छ । समितिले स्थानीय निकायमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम तथा अन्तर्क्रियाका क्रममा सहभागीहरुले कृषि तथा पशुबीमाका लागि अभिकर्ता तथा मूल्याङ्कनकर्ता नहुँदा बीमा गर्न नपाएको तथा समयमा दावी पाउन नसकेको भन्दै गुनासो गरेका थिए ।

बजारमा प्रर्याप्त मात्रामा अभिकर्ता नहुँदा विध्यमान अभिकर्ताहरुले कृषकहरु सँग उल्टै शुल्क समेत लिने गरेको पाइएको छ । स्थलगत निरिक्षणकै क्रममा यस्ता समस्या भएको पाइए पछि समितिले तत्कालका लागि प्रशिक्षकको रोस्टर तयार पार्ने र राम्रा प्रशिक्षकको छनोट गरी तालिम सञ्चालन गर्न योजना बनाएको छ । बजारमा जति धेरै योग्य अभिकर्ताको उत्पादन गर्न सकिन्छ कृषि तथा पशुपन्छी बीमा पनि फस्टाउने समितिको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS