IME Life New

सप्तरीको फत्तेपुरमा शिखर इन्स्योरेन्सको घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आज मंसिर १५ गतेदेखि त्रियुगा बहुमुखी सहकारी संस्थाको सहकार्यमा सप्तरीको सप्तकोशी नगरपालिकाको फत्तेपुरको सम्पूर्ण वडामा घुम्ती बीमा सेवा कार्यक्रम सञ्चालन गरेको छ।

यो कार्यक्रम मधेश प्रदेशमा सञ्चालन गर्ने पहिलो इन्स्योरेन्स कम्पनी हो। शिखर इन्स्योरेन्सका तर्फबाट कार्यक्रममा प्रदेश प्रमुख सुरेशचन्द्र गुप्ता, लहान शाखा प्रमुख कुशकुमार यादव र पशु प्राविधिक शुक्रराज घिमिरेको उपस्थिति थियो। साथै, त्रियुगा बहुमुखी सहकारी संस्थाका तर्फबाट अध्यक्ष चन्द्रशेखर चौधरी, व्यवस्थापकीय प्रमुख दीपक कार्की, लेखा संयोजक कर्ण भट्टराई र बीमा संयोजक मानप्रसाद लुइटेलसहित अन्य पदाधिकारीको उपस्थिति थियो।

Esewa
Crest

यस कार्यक्रमले त्यस क्षेत्रका स्थानीय किसान लाभान्वित हुने कम्पनीको विश्वास छ। साथै, धेरै नै हर्षोउल्लाषका साथ कार्यक्रममा सहभागिता रहेको छ।

शिखर इन्स्योरेन्सको गाउँ–गाउँ पुग्ने अभियान र वास्तविक किसानलाई बीमाको फाइदा दिने अभिप्रायले यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रममा बीमाको महत्वबारे कम्पनीका प्रदेश प्रमुख गुप्ताले अझ बढी प्रस्ट पार्दै यस बीमाको फाइदाका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS