IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले खोटाङ जिल्लाको बराह पोखरी गाउँपालिका बाघखोर भञ्ज्याङमा कृषि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणले दिएको निर्देशनलाई पालना गर्दै कम्पनीले तोकिएको ठाउँमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले फागुन १४ गतेबाट फागुन १६ गतेसम्म गाईघाट शाखाका कर्मचारीहरु नन्दन कुमार चौधरी र चन्दन मल्ल ठकुरीहरुको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बराह पोखरी गा.पा.बाघखोर भञ्ज्याङ गाउँपालिकाका अध्यक्ष शालिकराम बन्जराको अध्यक्षता तथा प्रमूख अतिथी, बिशेष अतिथी उपाध्यक्ष भुवलराज राई,बिशेष अतिथि प्रमुख प्रशासकिय अधिकृत दिल कूमार अधिकारी अतिथिहरु वडा नंं १ का वडा अध्यक्ष ढक बहादुर कार्की, वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मगर, वडा नं.३ का वडा अध्यक्ष तारा कुमार राई, वडा नंं.४ का वडा अध्यक्ष शन्तोष आर्चाय, वडा नं.५ का वडा अध्यक्ष फौदराज राईका साथै वडा नं.६ का वडा अध्यक्ष दुर्गा बहादुर राई, गा.पा पशू शाखा प्रमुख आशिस बन्जरा लगायत गा.पा कृषि शाखाका प्रमुख स्कन्द घिमिरे तथा अन्य पशु कृषि प्रबिधिक वडा सदस्यहरु कृषक, कृषी र्फम संन्चालक सोही गाउका कृषक व्यवसायी तथा अन्य व्यक्तित्वहरु ज्नप्रतिनिधीको उपस्थितिमा बीमा सम्बन्धि सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

Esewa
Crest

पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रममा १ नं. वडा देखि ६ नं. वडा सम्मको ३६ जना कृषकहरु सहभागी भएका थिए । यस पशु तथा कृषि बीमा सचेतना गोष्टि कार्यक्रममा कृषकहरुलाई पशु तथा कृषि बीमाको परिभाष,महत्व,दावी प्रक्रिया गर्ने ,लगायत दावी गर्दा आवश्यक कागजातको बिषयमा जानकारी गराई पशु तथा कृषि बीमा सम्बन्धि गोष्टि कार्यक्रम सफल पूर्वक सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS