IME Life New

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले “सलिको गल्फ टुर्नामेन्ट २०२३” आयोजना गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्ने भएको छ । कम्पनीले पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । बिगतका बर्षहरु झैँ यस बर्ष पनि कम्पनीले यही मंसिर १५ र १६ गते रोयल नेपाल गल्फ क्लब एयरपोर्ट, काठमाडौंमा सलिको गल्फ टुर्नामेन्ट २०२३ आयोजना गर्न लागेको हो ।

उक्त प्रतियोगितामा १६ विधाका खेलहरु आयोजना गरिनेछ । जसमा विभिन्न महिला पुरुष तथा बिभिन्न उमेर समुहका खेलहरु आयोजना गराईने छ । यस खेलकुद प्रतियोगिता आयोजना गरिनुको मुख्य उद्देश्य गल्फ खेलमा रुची राख्ने खेलाडीहरुको खेलको प्रस्तुतीलाई प्रस्फुटन गराउने तथा यस खेल प्रति रुची राख्ने जो कोही लागि खेलको आनन्दानुभूती गराउन समेत प्रतियोगिताको आयोजना गरिएकोछ ।

Esewa
Crest

विश्वमा अधिक रुचाईएको खेल मध्ये गल्फ पनि एक रहेको भएतापनि नेपालको सन्दर्भमा यस खेलको विकास तथा विस्तार अपेक्षित रुपमा हुन नसकेको परिप्रेक्षमा यस प्रतियोगिताले खेलको विस्तारमा थप सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

50%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS