IME Life New

सगरमाथा इन्स्योरेन्सले क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने भएको छ । कम्पनीले जाजरकोट, मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा मूल्यांकनकर्ता भई कार्य गर्न इच्छुक व्यक्ति संस्थाहरुको सुविधालाई ध्यानमा पुस २५ गते देखी २७ गते सम्म जाजरकोट शाखा कार्यालयमा क्षति मूल्यांकनकताको तालिम संचालन गर्ने जनाएको छ ।

शैक्षिक योग्यता पुगेको इच्छुक व्यक्तिहरुले कार्यालयमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । बीमा क्षति मूल्यांकन कर्ताको लागी शैक्षिक योग्यता १०ं +२ वा सो सरह परीक्षा उतिर्ण गरेको हुनुपर्ने, निवेदनको साथमा आफुले प्राप्त गरेको १०ं +२ शैक्षिक योग्यताको प्रमाण पत्रको प्रमाणित प्रतिलिपि,नेपाली नागरिकताको प्रमाण पत्रको प्रमाणित प्रतिलिाप,पासपोर्ट साईजको फोटो २ प्रति, तालिम शुल्क तीन हजार तिर्नुपर्नेछ ।

Esewa
Crest

त्यस्तै, संस्थागत क्षति मूल्यांकन कर्ताको तालिम लिन चाहने संस्थाले निवेदन पत्र साथ संलग्न गर्नु पर्ने कागजातहरुः प्रचलित कानुन बमोजिम दर्ता भएका कृषि कार्य संग सम्बन्धित फर्म वा कम्पनी हुनु पर्ने,संस्थाको उद्देश्यमा कृषि तथा पशुपन्छी वीमाको क्षति मूल्याकन कर्ता भई कार्य गर्ने भन्ने उल्लेख भएको हुनु पर्ने, कम्पनीको प्रमाण पत्र तथा नियमावली, कम्पनी दता प्रमाण पत्र, भ्याट प्यान दता प्रमाण पत्र र कर चुक्ताको प्रमाणित प्रतिलिपि, संचालकको न्युनतम १०ं+२ उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, तालिम लिने व्यक्तिको नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि र सहभागिता शुल्क १ हजार रुपैयाँ बुझाउनुपर्नेछ ।

तालिम विहान १० बजेदेखि हुनेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी नगराउने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS