IME Life New

सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले यही कार्तिक १० गतेदेखि १३ गतेसम्म आधारभुत बीमा अभिकर्ता तालिम संचालन गर्न लागेको हो । तालिममा सहभागी हुनका लागि न्युनतम एसएलसी उर्तिण वा सो सरह परीक्षा उर्तिण गरेको हुनुपर्ने, नेपाली नागरिकताको प्रमाणपत्र, पासपोर्ट साइजको फोटो ३ प्रति, शैक्षिक योग्यताको प्रमाणपत्र सहित कम्पनीमा बुझाउन आग्रह गरेको छ ।

तालिम शुल्क भने एक हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । त्यस्तै, संस्थागत बीमा अभिकर्ता तालिम लिनका लागि भने सहभागी संचालक पदमा बहाल रहेको प्रमाण खुल्ने आधिकारिक पत्र, संचालक समितिको निर्णय माइन्युट उतार, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनी दर्ता प्रमाणपत्र, भ्याट, प्यान दर्ता प्रमाणपत्रको प्रतिलिपी लगायतका विभिन्न विवरणहरु चाहिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त तालिम बिहान १० बजेदेखि ४ बजेसम्म संचालन हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS