IME Life New

सगरमाथा इन्स्योरेन्सद्धारा धानबाली बीमाको क्षतिपुर्ति वापतको रकम प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले धानबाली बीमाको क्षतिपुर्ति प्रदान गरेको छ । परम्परागत ढाँचाको कृषि बीमालाई परिमार्जित गर्दै सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरण सव्ीकृतिबाट पाइलटिङ बीमा योजनाको रुपमा जारी गरिएको “बाढी सूचकाङ्कका आधारमा सामुहिक धान खेती बीमा” कैलाली जिल्ला, भजनी नगरपालिकाको वडा नं. ३ भित्रका दश वटा कृषक समुहहरुका १०० जना कृषकहरुको चालिस हेक्टर क्षेत्रफलमा सूचकाङ्कमा आधारित “भूमी अनुसन्धान तथा नीति संम्वादका लागि सहकार्य (COLARP)” ” तथा ““USAID Tayar Nepal” को Improved Disaster Risk Management Project, अन्तर्गतको आर्थिक सहयोगमा संचालित परियोजना ““Testing the Feasibility of Index-Based Agriculture Insurance against Water-Induced Disasters in Nepal” अन्तर्गत कैलाली जिल्लाका कृषकहरुको धान बालीको जोखिम वहन गर्ने उद्देश्यले धानबाली बीमा जारी गरिएको थियो ।

सोहि बीमालेख अन्तर्गत बीमा गरिएको धानबालीहरुमा मिति २०७९ असोजे ५ गते मोहना नदी र आसपासका क्षेत्रमा पानी वहाव बढ्न गई जलस्तर तोकिएको सूचकाङ्क भन्दा बढी भई धानबालीमा क्षति पुगेकोमा पुस १० गतेका दिन भजनी नगरपालिकाका मेयर केवल चौधरीको प्रमुख आतिथ्य, कोलार्पका प्रतिनिधिको उपस्थितिमा सगरमाथा इन्स्योरेन्स कम्पनीका अण्डरराइटिङ विभाग प्रमुख दिबस तिमल्सेनाले बाढीका कारण धान खेतिमा क्षति पुगेका ३१ जना कृषकहरुलाई क्षतिपुर्ति बापत जम्मा रकम ४ लाख १ हजार ४९९ रुपैयाँको दावी भुक्तानी गरे ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS