IME Life New

सगरमाथा इन्स्योरेन्सद्धारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । कम्पनीले उदयपुर सिमेन्ट उद्योग र देउरी स्वास्थ्य चौकीको संयुक्त ब्यवस्थापनमा संचालन गर्ने गरी सगरमाथा इन्स्योरेन्स कम्पनीले उक्त स्वास्थ्य चौकीको पूननिर्माण तथा एक थान एम्बूलेन्स खरिदका लागि १५ लाख बराबरको रकम उपलब्ध गराएको हो ।

त्रियुगा न.पा. वडा नं. छ स्थित स्वास्थ्य चौकीमा फागुन २८ गते आयोजित एक कार्यक्रमका बिच कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले देउरी स्वास्थ्य चौकीलाई उपलब्ध गराएको उक्त एम्बुलेन्सको सांचो त्रियुगा न.पा.का प्रमुख बलदेव चौधरीलाई हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वलाई मनन गरेर आपतकालिन अवस्थामा यस क्षेत्रका बासिन्दाहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी एम्बुलेन्स सेवालाई सहज बनाउने उद्देश्यले उदयपुर सिमेन्ट उद्योगको अनुरोधलाई स्वीकार गरी एम्बुलेन्स उपलब्ध गराईएको जानकारी गराउंदै स्वास्थ्य चौकीमा एम्बुलेन्सको उपलब्धता पश्चात यस वरपर क्षेत्रका बासीन्दालाई सस्थ्य सेवा लिन सहज हुने धारणा ब्यक्त गरे ।

साथै उनले बीमा सम्बृद्धिको आधार रहेको र नेपालमा बीमा शूल्क सोचे जस्तो महंगो नभएकोे र बीमाको पहुँच सर्वसुलभ बनाउन सरकारले कृषि तथा पशूपंछी बीमाका लागी ८० प्रतिशत अनुदान दिएको जानकारी गराउंदै बमिाको प्रचार प्रसारमा जोड दिन आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा एम्बुलेन्स र प्रयोगशालालाई आवश्यक पर्ने प्राविधिक जनशक्तीको ब्यवस्थापनका लागी उदयपुर सिमेन्ट उद्योग लि.का तर्फबाट महा प्रवन्धक गोपिकृष्ण न्यौपानेले देउरी स्वास्थ्य चौकीलाई ७ लाखको चेक समेत हस्तान्तरण गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS