IME Life New

शेयर लगानीकर्ताले एक दिनमा १० लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लगानीकताहरुले नेप्सेको अनलाईन शेयर कारोबारको भुुक्तानी बैंकको खातामार्फत दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न पाउने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालाले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्न पाउने व्यवस्था गरेको नेप्सेले जनााएको छ ।

यसका साथै लगानीकर्ताले शेयर बिक्रिपछि पाउने रकम सोझै बैंक खातामा प्राप्त गर्न सक्ने व्यवस्था समेत गरिएको छ ।

Esewa
Crest

यस अघि नेप्सेको प्रणली सिडिएस एन्ड क्लियरिङ तथा चारवटा क्ल्यिरिङ बैकको प्रणली एकीकृत रहेको थियो । नेप्सेको ट्रेडिङ सिस्टम (नट्स) टिएमएसका प्रणालीको कारोबार गर्दा लगानीकर्ताले नेपाल क्लियरिङ हाउसमा आवद्ध सबै बैंक तथा वित्तिय संस्थामार्फत अनलाईन भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको थियो ।

अब लगानीकर्ताहरुले दैनिक १० लाख रुपैयाँसम्म अनलाईनबाट भुुक्तानी गर्न सक्ने भएका छन् । नेपाल क्लियरिङ हाउसले सञ्चालन गरेको ‘कनेक्ट आईपीएस’ सेवा लिएका बैंक खातावालले सेयर किन्दा हरेक दिन १० लाख रुपैयाँसम्म अनलाईन प्रणालीबाट भुक्तानी गर्न पाउने व्यवस्था मिलाइएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

चालु आर्थिक वर्षमा १ लाख २४ हजार ६ सय १७ वटा मात्र अनलाईन प्रणालीबाट कारोबार भएको छ । अनलाइन कारोबार सुचारु हुनुपूर्व नेप्सेको कुल कारेबार रकम ६० अर्ब रहेको थियो भने अनलाइन कारोबार सुचारु भएपछि ७७ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS