IME Life New

शिखर इन्स्योरेन्स कर्पोरेट एक्सेलेन्स अवार्डबाट सम्मानित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” बाट सम्मानित भएको छ । राजधानीमा शुक्रबार कर्पोरेट क्लब नेपालको आयोजनामा सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाको प्रमुख आतिथ्यमा सम्पन्न “अवार्ड फर कर्पोरेट एक्सेलेन्स २०२१” कार्यक्रममा शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सेलेन्स अवार्ड” प्रदान गरिएको हो ।

विभिन्न १९ विधाहरुमा अवार्ड प्रदान गरिएको उक्त कार्यक्रममा जीवन तथा निर्जीवन बीमा विधातर्फ शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सेलेन्स अवार्ड” प्रदान गरिएको हो । विभिन्न वित्तीय तथा गैर वित्तीय सुचकांकहरुका साथै निम्न आधारहरुको विश्लेषणमा शिखर इन्स्योरेन्सलाई “कर्पोरेट एक्सलेन्स अवार्ड” प्रदान गरिएको थियो ।

Esewa
Crest
  • सुशासन तथा व्यावसायिक कृयाकलापमा नविनता (Adopt fair degree of innovation in operations and governance)
  • ग्राहक सन्तुष्टि तथा ग्राहक विस्तार (Generate an increasing customer base and high level of customer satisfaction)
  • सम्मानजनक ब्राण्ड पहिचान (Create respectable brand image)
  • समावेशी तथा निष्पक्ष रोजगारको वातावरण तथा उत्कृष्ट रोजगारीको अनुभव (Provide fair and inclusive employment framework and good employee experience)
  • सामाजिक नैतिक तथा कानुनी रुपमा उत्तरदायीपूर्ण व्यवसायिक व्यवहार (Engage in socially ethically and legally responsible behaviors)

शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नोसेवा प्रदान गर्दै आइरहके ोछ र ६१० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् । शिखर इन्स्योरेन्सले मौसमी सुचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनिस्थिति बीमा, कोभिड १९ भ्याक्सिन तथा अन्य भ्याक्सिनको प्रयोगशाला परिक्षण बीमा जस्ता नविनतम बीमाको सुरुवात गरी नेपालमा बीमाको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ ।

शिखर इन्स्योरेन्सलाई विगतमा पनि अन्य विभिन्न निकायहरुबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी अफ द इयर तथा बेष्ट इन्स्योरेन्स कम्पनी अफ द इयरबाट सम्मान प्रदान गरिएको थियो । साथै शिखर इन्स्योरेन्स “ए” रेटिङ प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ । मौसमी सुचकांक कृषि बीमाको माध्यमबाट नेपालको जुम्ला, मुगु, कालिकोट र डोल्पा जिल्लाको वासिन्दामा बीमाको पहँचु विस्तार गर्न पुर्याएको योगदानको कदर गर्दै युके एड बाट शिखर इन्स्योरेन्सलाई युरो ५०,००० पुरस्कार सहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS