IME Life New

शिखर इन्स्योरेन्स कम्पनीको १९औं वार्षिक साधारणसभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको थापथलीस्थि कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहितको वित्तीय विवरणहरु पनि सभाले अनुमोदन गरेको छ ।

Esewa
Crest

सभाले चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ। कम्पनीको स्वतन्त्र सञ्चालकको नियुक्तिबारेमा बीमा ऐन २०७९ बमोजिम साधारणसभामा जानकारी गराएको छ ।

कम्पनीको मिति २०७६ साउन २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट निर्वाचित सञ्चालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारणसभासम्मका लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई सञ्चालक नियुक्त गर्नेबारे सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावलीबमोजिम संस्थापक समूह ‘क’का शेयरधनीबाट निर्वाचित हुने ३ सञ्चालक तथा सर्वसाधारण समूह ‘ख’का शेयरधनीवाट निर्वाचित हुने थप १ सञ्चालकका लागि प्रचलित कानुनी व्यवस्थाको अधीनमा रही शिखर इन्स्योरेन्स कम्पनीको सञ्चालक निर्वाचनसम्बन्धी निर्देशिका, २०६३ बमोजिम सभाले निर्वाचन गरेको छ ।

सभाले विशेष प्रस्तावका रुपमा राखिने कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका खर्चहरु अनुमोदन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS