IME Life New

शिखर इन्स्योरेन्सले हकप्रद निष्काशनका लागि पायो सबैभन्दा सुरक्षित रेटिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले हकप्रद निष्काशनका लागि रेटिङ गरेको छ । इक्रा नेपालले गरेको रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ‘इक्रा एपि आर ए’ प्राप्त गरेको छ । उक्त रेटिङ अनुसार कम्पनीले समयमा आफ्ना वित्तीय दायित्व पुरा गरेको खण्डमा कम्पनीको हकप्रद सुरक्षित रहेको जनाउदछ । उक्त रेटिङले कम्पनीको क्रेडिट रिस्क कम रहेको उल्लेख गरेको छ ।

कम्पनीले ३० प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि बीमा समितिबाट अनुमति पाइसकेको छ । गत वर्ष कम्पनीले दिएको २७ दशमलव ७७ प्रतिशत बोनस शेयर कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भइ कम्पनीको चुक्ता पुँजी वृद्धि गरिए अनुसार नै हकप्रद शेयर निष्कासन गर्दै  छ। हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ छ । हकप्रद शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्ने छ ।

Esewa
Crest

कम्पनीको स्थापनाकाल देखिनै निर्जीवन बीमा व्यवसाय राम्रो रहेको एजेन्सीले जनाएको छ । रेटिङ एजेन्सीले कम्पनीको नेटवर्क, व्यवस्थापन, व्यवसाय, सोल्भेन्सी मार्जिन लगायतका सूचक सबल रहेको भन्दै उक्त रेटिङ प्रदान गरेको हो । कम्पनीले आफुलाई एकदमै सुरक्षित राख्दै अधिकाम्स जोखिम पुनर्बीमा कम्पनीमा हस्तान्तरण गरेकाले पनि कम्फर्ट अवस्थामा रहेको एजेन्सीले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख छ ।

सबै कुरा राम्रो रहदा रहदै पनि पछिल्लो समय कोभिड १९ ले कम्पनीको व्यवसायको बृद्धिदरमा असर पुर्याउने र मुनाफा आर्जनमा प्रभाव पार्ने देखिएको एजेन्सीले जनाएको छ । कम्पनीको निर्जीवन ब्यवसायको पोर्टफेलियोमा ४० प्रतिशत हिस्सा मोटर बीमामै केन्द्रित रहेकोले अन्य क्षेत्रमा व्यवसाय विस्तार गर्नु पर्ने देखिएको प्रतिवेदनमा सुझाव दिइएको छ ।

नेपालको निर्जीवन बीमा व्यवसायमा शिखरको बजार हिस्सा १३ प्रतिशत रहेको छ । हाल नेपालमा निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको संख्या २० वटा रहेको छ । शिखरले १०८ वटा शाखा सञ्जाल मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैयाँ रहेको छ । एजेन्सीका अनुसार कम्पनीको प्रमुख शेयरधनीहरुमा गौरव अग्रवालको १२.८९ प्रतिशत, बुद्ध एयरको ८.०३ प्रतिशत, विकास राणाको ७.३२ प्रतिशत, चन्द्रा शेर्पाको ७.०८ प्रतिशत, शशिकान्त अग्रवालको ४.९४ प्रतिशत र कैलाश प्रसाद सिरोहियाको ४.०५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS