IME Life New

शिखर इन्स्योरेन्सले सर्वसाधारण समुहको नविकेको ७७ हजार ७२० कित्ता हकप्रद शेयर बिक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले सर्वसाधारण समुह तर्फको नविकेको ७७ हजार ७२० कित्ता हकप्रद शेयर बोलकबोल लिलाम मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले बैशाख १९ गतेदेखि २६ गतेसम्म शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।

बोलपत्र आवेदन दिन इच्छुक लगानीकर्ताले न्युनतम १०० कित्तादेखि माग गरिए बरारबरकै लागि आवेदन दिन सक्ने छन् । १०० कित्ता भन्दा बढी आवेदन पेश गर्न १० ले भाग जाने अंकका लागि पेश गर्नु पर्नेछ । लगानीकर्ताले प्रतिकित्ता न्युनतम १०० रुपैयाँदेखि बोलकबोल सुरु गर्न सक्ने छन् । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ११३५ रुपैयाँ रहेको छ ।

Esewa
Crest

बोलपत्रदाता नेपाली नागरिक वा नेपालमा दर्ता भएको संगठित संस्था हुनुपर्नेछ । बोलपत्र आवेदक संगठित संस्था, फर्म वा कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र, प्यान नं, कर चुक्ता प्रमाणपत्र तथा शेयर खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय, अख्तियारनामाको प्रतिलिपि संलग्न हुनुपर्नेछ । साथै संस्था प्रमुखको नागरिकताको प्रमाणित प्रतिलिपी संगल्न पेश गर्नुपर्नेछ । नविकेको हकप्रदको बिक्री प्रवन्धकमा एनआईविएल एस क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले एनआईविएल एस क्यापटलका कार्यालयहरु लाजिम्पाट, पुतलीसडक, पोखरा, बुटवल, वीरगंज र विराटनरबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु नारायणगढ, हेटौडा, विर्तामोड, जनकपुर, तुल्सीपुर दाङ, सुर्खेत, नेपालगन्ज र धनगढीबाट बुछाउन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS