IME Life New

शिखर इन्स्योरेन्सले पायो पाँचौ पटक बेस्ट म्यानेज्ड अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बेस्ट म्यानेज्ड निर्जीवन इन्स्योरेन्स अवार्ड २०२२ प्राप्त गरेको छ । नेपालको अग्रणी निर्जीवन बीमा कम्पनीलाई न्यू बिजनेश एज प्रालिले सातौं न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डमा अन्तरगत उक्त अवार्ड दिएको हो ।

शिखरले यसअघि २०७१, २०७३, २०७४, २०७६ सालमा न्यु विजनेस एज संस्थाबाट वेष्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनी पुरस्कार प्राप्त गर्न सफल भइसकेको छ ।

Esewa
Crest

यस अवार्ड विभिन्न वित्तीय तथा गैर वित्तीय मापदण्डहरूको आधारमा निर्धारण गरिएको छ र आयोजकहरूद्वारा नियुक्त निर्णायक मण्डलले निर्णय गरेका थिए। शिखर इन्स्योरेन्सले देशभर १०६ वटा शाखा कार्यालयहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहको छ । यस कम्पनीमा ६०० भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

शिखर इन्स्योरेन्सले मौसमी सूचकांकमा आधारित कृषि बीमा, शतप्रतिशत नगदरहित स्वास्थ्य बीमा, मोटर अतिरिक्त लाभ बीमा, ढुक्क मनस्थिति बीमा जस्ता नविनतम बीमाको शुरुवात गरी नेपालमा बीमा क्षेत्रको विस्तार गर्न उल्लेखनिय योगदान पुर्याउँदै आइरहेको छ ।

नेपालको दुर दराज जिल्लाहरू जुम्ला, कालिकोट, डोल्पा र मुगु का जनतालाई बर्षेनी मौषमका कारण स्याउ खेतीमा हुने नोक्सानीका कारण पर्न जाने आर्थिक भारलाई कम गर्न मौसम सूचकांकमा बीमालेख मार्फत किसानलाई भएको जोखिम तथा क्षतिको क्षतिपुर्ति प्रदान गरेकै कारण UK Aid funded Adaptation at Scale prize Asia Network for Sustainable Agriculture and Bioresources (ANSAB) द्धारा २०१९ मा ५०,००० पाउण्डस्ट्रलिङ बराबर पुरष्कार राशी प्राप्त गरेको थियो ।

कम्पनीलाई टिबिअइ प्रकाशन प्रा.लि.ले २०१८ मा सर्वोत्कृष्ट निर्जीवन बीमा कम्पनीको रूपमा पनि नाम दिइएको थियो र कारोबार उत्कृष्टता पुरस्कारू प्रदान गरिएको थियो। २०२२ मा कर्पोरेट क्लब नेपाल प्रा. लिले बीमा सेवामा कर्पोरेट उत्कृष्टताको लागि “एच.आर.एम. नेपाल अवार्ड“ बाट सम्मानित गरिएको थियो

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडलाई इक्रा नेपालले (ICRA-NP) A Rating सम्मान गरेको छ । शिखर इन्स्योरेन्स A Rating प्राप्त नेपालको पहिलो तथा एक मात्र बीमा कम्पनीका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS