IME Life New

शिखर इन्स्योरेन्सद्धारा पशुपन्छी तथा जडीबुटी बीमा सम्बन्धि तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शिखर इन्स्योरेन्सले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपाल बीमा प्राधिकरण र नेपालमा बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका, २०७९ मा भएका प्रमुख व्यवस्था, कृषि बीमालाई प्राथमिकता दिन दिइएका निर्देशन लगायतका बारेमा जानकारी दिएका थिए ।

Esewa
Crest

तालिममा सहभागीहरूलाई कम्पनीका कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बीमाको सिद्धान्त, किसिम साथै पशुधन र बाखा बीमा, मौसम सुचकाङ्क मा आधारीत स्याउ बीमाहरूको व्यवहारिक ज्ञान र अभ्यासहरू गराएका थिए । साथै कम्पनीको केन्दिय कार्यालयको कृषि तथा लघु बीमा बिभागबाट सार्थकराज पाण्डेले उत्पादनमा आधारित खाद्यान्न बीमा, तरकारी, माछा, च्याऊखेती, पन्छी , सुन्ताला लगायतका बीमालेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिएका थिए ।

तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया बारेमा जानकारी दिनुका साथै कृषि बीमा अभिकर्तालाइ गाउ गाउमा पुगी बीमा गर्न हौसला प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS